Wednesday, April 22News That Matters

लुङ्गी कपको उपाधि जुम्बा फिटनेस महिला समुह गाईघाटलाई

पूर्णपुष्टि, बैशाख २८ । उदयपुरको गाईघाट स्थित स्व. दिपक राई दोर्पाली फुटबल प्रतियोगितामा खेलाईएको लुङ्गी कप जुम्बा फिटनेस महिला समुह गाईघाटले जितेको छ ।

शुक्रबार भएको खेलमा आयोजक साकेला टोल विकास संस्थाका महिला समुहलाई फिटनेस महिला समुह गाईघाटले ४–१ गोलले हराउँदै उपाधि जितेको हो । जुम्बा फिटनेल क्लबका लागी केन्द्रिका चौधरीले ह्याट्रिक गरे भने मन्दिरा घिमिरेले १ गोल गरे । त्यस्तै साकेला टोल विकास संस्थाका लागी सविता रोक्काले सान्त्वना गोल गरिन् । लुङ्गी कप विजेता टोलीलाई भोली स्व. दिपक राई दोर्पाली फुटबल प्रतियोगिताको फाईनल खेल पश्चात ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।