Tuesday, April 21News That Matters

भोली फोहोर उठाउँने भनेको तिन दिन भो

पूर्णपुष्टि/गाईघाट, असोज ३ । गाईघाट बजारको फोहोर उठाउछु भनेको तिन दिन भएको छ । नगरपालिका र ११ नं. वडा कार्यालयले तीनदिनदेखि भोली उठाउछु भन्दै रहेको फोहोर फेरी पनि भोली उठाउने भनिएको छ ।

जेनजी आन्दोलन पछि नउठेको फोहोर १२ दिनदेखि थुप्रिबसेको छ । बजारका घर तथा पसल अगाडी सडक किनारमा थुप्रिएका फोहोर अब्यवस्थित र दुर्घन्धित बनेको छ । दैनिक जसो बजार क्षेत्रबाट उठाउने गरेको फोहोर लामो समयदेखि नउठाउँदा प्रदुर्षण बढेर जनजीवन नै अस्तब्यवस्त बन्दै गएको छ ।

गाईघाटका व्यापारी बिजय गुप्ताले फोहारका कारण दुर्गन्धित बन्दै गएको बजारमा हिड्दा नाक थुनेर हिड्नु पर्ने अवस्था आएको बताए । फोहरमैला ब्यबस्थापन शाखाका कर्मचारी दिलिप श्रेष्ठले फोहोर फ्याक्ने उचित ठाउको ब्यबस्थापन हुन नसक्दा बजार क्षेत्रको फोहर नउठेको बताएका छन् । वडाध्यक्ष सुमन्त कोइरालाले फोहोर ब्यवस्थापन गर्ने ठाउँ ब्यवस्था भइसकेकोले छिटै उठाइने बताउनुभयो ।

फोहर फाल्ने डम्पिङ साइट नहुदा पुरानो गाईघाटको दक्षिणी तर्फको खोला किनारमा फोहोर फाल्दै आएको थियो, तर स्थानियको बिरोध पछी उक्त ठाउँको विकल्पमा बरुवा बाधमा खाल्डो खनेर फोहरमैलाको ब्यबस्थापन हुदै आएको थियो । सो ठाउँमा पनि सोही क्षेत्रका बासिन्दाबाट फोहर फाल्न अवरोध आएको बताइएकोछ ।