Friday, April 17News That Matters

संविधान दिवस मनाइयो

पूर्णपुष्टि/उदयपुर, असोज ३ ।
संविधान दिवस उदयपुरमा आज विभिन्न कार्यक्रमका साथ मनाइएको छ । जिल्ला स्तरीय आयोजक समिति उदयपुरले जिल्ला समन्वय समिति उदयपुरको ब्यवस्थापनमा अन्तरक्रिया गर्यो । जिससकै सभाहलमा आयोजित अन्तरक्रियामा त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेत, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख एसपी राजन चापागाई, नेपाली सेनाको पशुपतिप्रसाद गण बोक्सेका गणपति मनोज कार्की लगायतका सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा अन्तरक्रिया भएको थियो । विभिन्न कार्यालयका प्रमुखहरु, कर्मचारी, नागरिक समाज, पत्रकार, बुद्धिजिविसमेतले अन्तरक्रियामा भाग लिएका थिए ।
नेपालको संविधानको चर्चा गर्दै देशको शासन र विकासमा यसको महत्वपूर्ण भुमिका रहेको र आवश्यकता अनुसार संशोधन गर्दै अग्रगतिमा देशलाई लैजानु पर्ने बक्ताहरुले बताएका थिए । हिजाे सरसफाइ तथा दिप प्रज्वलन गरेर मनाइएकाे दिवसलाइ विभिन्न पार्टीहरुसमेतले सिर्जनशिल काम गरेर मनाएका छन् ।