
पूर्णपुष्टि, भदौ ९
प्रदेश १ का भौतिक पूर्वधार मन्त्रीे हिमाल कार्कीले देउरी खोला आर.सि.सि. पुलको उद्घाटन गरेका छन् । प्रदेश सरकारको चार करोड, चौतिस लाख, चौसठ्ठी हजार, दुई सय बाउन्न रुपैया तेह्र पैसामा बनेको सोे पुल पवित्र निर्माण सेवाले निर्माणको ठेक्का पाएको थियो ।
७१ मिटर लम्बाई भएको पुलको चौडाई १० मिटर रहेको छ भने स्पान ३ वटा रहेका छन् । २०७७ जेष्ठ १ गते सम्झैता भई २०६८÷१२÷२१ गते निर्माण सम्पन्न भएको थियो । उदयपुरको त्रियुगा नगरपालिका–५ नम्बरमा रहेको सो पुलले श्रीपुर, दमौटी लगाएतका स्थानका बासिन्दालाई सदरमुकाम सम्म आउजाउ गर्न सहज हुनेछ । पुल निर्माणसँगै नदिको दुवैतर्फ २०० मिटर नदि नियन्त्रण कार्यसमेत गरिएको छ ।
भौतिक पूर्वाधार मन्त्री कार्कीले प्रदेश संरचनाको विरोध भई काम नभएको भन्दै संघियताको विरोध हुनेगरेपनि प्रदेश सरकारले जनताका विकासका चाहाना पूरा गर्दै गएको बताएका छन् ।
