
पूर्णपुष्टि, माघ १७ गते । मकवानपुरको राक्सिङ र कैलाश गाउँपालिकामा लगाईएको १३० बिघा अफिम नष्ट गरेको छ । त्यस्तै २८ बिघा १० कठ्ठामा लगाएको गाँजा समेत नष्ट गरेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त क्षेत्रमा लगाइएको अफिम र गाँजाको बोट नष्ट गरेको हो । माघ १४ गतेदेखि १६ गते सम्ममा नष्ट गरेको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए । उहाँका अनुसार सबैभन्दा बढी राक्सिराङ गाउँपालिकाको वडा नम्वर ४, ६ र ७ मा ९५ बिघा अफिम र २८ बिघा १० कठ्ठामा लगाईएको गाँजा नष्ट गरेको छ । त्यस्तै कैलाश गाउँपालिकाको वडा नम्वर ७ र ८ मा ३५ बिघामा लगाईएको अफिम नष्ट गरिएको प्रहरीले जनाएको छ ।
