
पूर्णपुष्टि, माघ १७ गते । नेकपा माओवादी केन्द्रको पदाधिकारीहरु अहिले बैठकमा रहेका छन् । सोमबारदेखी बसेको बैठक आज पनि पेरिसडाँडास्थित पार्टी कार्यालयमा भईरहेको छ । यस बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालसहित पार्टीका पदाधिकारीहरु सहभागि भएका छन् । बैठकमा सरकार सञ्चालन र गठबन्धन, गृह मन्त्रालयका विषयमा देखिएको अन्योलता र राष्ट्रपतिको निर्वाचनको विषयमा छलफल भइरहेको छ । सत्ता गठबन्धनमा गृहमन्त्रालय र राष्ट्रपतिको निर्वाचनका विषयलाई लिएर मतभेद बढ्दो छ ।
सर्वोच्च अदालतले लामिछानेको पुरानो नागरिकता अमान्य रहेको फैसला गरेपछि उनको सबै पद गुमेको थियो । उनको पद गुमेपछि गृह न्त्रालय प्रधानमन्त्रीले नै सम्हालेका हुन् । सर्वोच्चको आदेश बमोजिम आईतबार लामिछानेले सबै प्रकिया पुरा गरि नागरिकता पुन प्राप्त गरेका थिए । नागरिकता पाएको केहि समय लगतै उनि रास्वपाका सभापति भएका थिए । सभापति लामिछानेले पार्टीबाट समेत निर्णय गराएर पुन स् आफैँले मन्त्रालय पाउनुपर्ने दाबी गरिरहेका छन् ।
मंगलबार बिहान मात्रै लामिछानेले प्रधानमन्त्री दाहाललाई भेटेर गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएर फर्किएका छन् । लामिछानेलाई पुन : गृहमन्त्री बनाउने वा नबनाउने भन्ने विषयमा दाहलले पार्टीभित्र परामर्श लिइरहेका छन् । नेकपा एमालेबाट पूर्वसहमतिअनुसार अघि बढ्नुपर्ने भनेर प्रधानमन्त्रीलाई दबाब आईरहेको छ ।
