Saturday, June 13News That Matters

गृह मन्त्रालय नपाए रास्वपा सरकारबाट अलग हुने

पूर्णपुष्टि, माघ १७ गते । गृह मन्त्रालय नपाए सरकारबाट अलग हुने राष्ट्रिय स्वतन्त्र पार्टीले चेतावनी दिएको छ । सरकार निर्माण गर्दा गठबन्धनमा भएको सहमतिले गृह रास्वपाले पाएको थियो ।

सर्वोच्चले पुरानो नागरिकता अमान्य रहेको फैसला दिएपछि उपप्रधान तथा गृहमन्त्री लामिछानेको सबै पद गुमेको थियो । सर्वोच्चको फैसलापछि लामिछानेले आईतबार सबै प्रक्रिया पुरा गरेर नेपाली नागरिकताको प्रमाण पत्र लिईसकेका छन् । नागरिकता लिएको केहि घण्टा पछि पुन लामिछाने रास्वपाका सभापति भएका थिए । लामिछाने उपनिर्वाचनमा पुन निर्वाचित हुने सम्भावना पनि रहेको छ ।

रास्वपाका सभापति लामिछानेनिकट केन्द्रीय सदस्य दीपक बोहराले भने पुस ११ कै सहमतिअनुसार उपप्रधानसहित गृह मन्त्रालय रास्वपाले पाएको बिषयमा दायाँ–बायाँ गर्नु हुँदैन । गृह नपाए रास्वपा सरकारबाट अलग हुने बताए । उनले भने यस बिषयमा प्रधानमन्त्रीज्यूसँग सभापति लामिछानेले कुरा गरिसक्नुभएको छ ।

तर प्रधानमन्त्रीले गृह आफु राख्ने र अरु मन्त्रालय दिने संकेत लामिछानेलाई दिएका छन् ।पार्टीभित्रबाट पनि माओवादीले नै गृह राख्नुपर्ने दबाब दाहालमाथि छ तर रास्वपाको दाबीका कारण दाहाल निर्णयमा पुग्न सकेका छैनन् । यदि रास्वपा सरकारबाट अलग भयो भने सात दलिय समर्थनमा प्रधानमन्त्री भएका दाहाललाई अर्को चुनौती आईलाग्ने छ ।