Wednesday, May 20News That Matters

अष्ट्रलियामा वृद्धालाई कुटपिट गरेको अभियोगमा नेपाली नर्स पक्राउ

पूर्णपुष्टि, माघ १६ गते । अष्ट्रलियामा वृद्धालाई कुटपिट गरेको अभियोगमा नेपाली नर्स पक्राउ परकी छन् । पक्राउ पर्नेमा अस्मिता पाण्डे रहेकी छन् ।

उनि इपिङ शहरको एउटा वृद्धवृद्धाको हेरचाह गर्ने केन्द्रमा नर्सिङ सहायकका रुपमा कार्यरत रहेकी थिईन् । आफ्नै सहकर्मिले ९५ वर्षकी डिमेन्सिया भएकी वृद्धमाथि कुटपिट गरेको उजुरी दिएपछी उनलाई केहि दिनअघि पक्राउ गरिएको नाइन न्युजले जनाएको छ ।

पीडित वृद्धाकी छोरीले राम्रो हेरचाह हुन्छ भन्ने आशामा छाडिएका अभिभावकमाथि दुर्व्यवहार भएको सुन्नु निक्कै दुखदायी भएको बताइन् । पक्राउ परेकी पाण्डेलाई मार्चमा सजाय सुनाइने छ ।