Friday, July 11News That Matters

मकै पाेल्ने अतिविपन्न महिलालाइ मेसिन वितरण

पूर्णपुष्टि, जेठ ३० ।

सामान्य आयआर्जनका लागि सडकमा मकै पोलेर विक्री गर्ने त्रियुगा नगरपालिकाका अतिविपन्न बर्गका ८ जना महिलाहरुलाई जिविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यले प्रविधि हस्तान्तरण गरिएको छ ।
नगरपालिकाले गाईघाट बजारको विभिन्न सडक किनारमा मकै पोल्ने आधुनिक प्रविधि मेसिन आठ जना अतिविपन्न महिलाहरुलाई वितरण गरेको हो ।
प्रविधिले तातो घाममा हातले आगो हम्किदै मकै पोल्ने अवस्थालाई सहज बनाउनेछ । प्रविधि प्रयोग गरी आयआर्जन बृद्धि गर्दै आत्मनिभर र जिविकोपार्जनमा सुधार ल्याउन पालिकाको महिला लक्षित कार्यक्रम अन्तर्गत मेसिन वितरण गरिएको सामाजिक विकास शाखा प्रमुख राजकुमार खड्काले बताउनुभयो ।
महिला विकास निरिक्षक निरु कार्कीका अनुसार पालिकाले नमुना कामको रुपमा अति विपन्न महिलालाई मकै पोल्ने मेसिन वितरण गरेको बताउनुभयो । उनका अनुसार पालिकाले महिलाहरुलाई सिपमुलक तथा आयमुलक तालिमहरुसमेत दिदै आएको छ ।
नगरपालिकाका मेयर बसन्त बस्नेत, उपमेयर महेश्वरी राई, प्रमुख प्रशासकीय अधिकृत कुमार प्रसाद कोइराला र सामाजिक विकास शाखा प्रमुख राजकुमार खड्काले महिलाहरुलाई मेसिन वितरण गर्नुभयो ।