Wednesday, April 29News That Matters

गाईघाटमा भोली भव्य गिता स्मृति साकेला प्रतियोगिता हुँदै

पूर्णपुष्टि, ३१ जेष्ठ ।
गिता राई स्मृति रनिङ शिल्ड साकेला प्रतियोगिता यहि जेष्ठ ३१ गते अर्थात भोली शनिवारको दिन गाईघाट स्थित साकेला थानमा भव्य हुने भएको छ । आयोजक किरात राई यायोख्खा ११, १२ र १३ नं वडा कार्य समितिले उक्त आयोजना गर्ने भएको छ । समितिका अध्यक्ष सर्वधन राईका अनुसार किरात समुदायहरुकै महान पर्व साकेला उभौलीको समापन सँगै प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगितामा उदयपुर जिल्लाका बिभिन्न स्थान सँगै जिल्ला बाहिर, मोरङ, सुनसरी लगायतका स्थानहरुबाट समेत प्रतियोगितामा सहभागी जनाउने भएको छ ।