
पूर्णपुष्टि, जेष्ठ २१
मदन भण्डारी आँखा अस्पताल गाईघाटका अध्यक्ष भागत राउत चढेको गाडीले ठक्कर दिँदा दुई जना घाईते भएका छन् । निषेधाज्ञाको समयमा तिन दिन अघी गाईघाट बाट काठमाण्डौँ जाने क्रममा उदयपुरगढी गाउँपालिका -६ मा मोटरसाईकललाई ठक्कर दिँदा मोटर साईकल चालक र मोटरसाईकल पछाडी सवार घाईते भएक हुन् । घाईते दुवैलाई उपचारको लागि बिराटनगर लगिएको छ । परिवारका अनुसार दुवैजनाको आईसियुमा राखेर उपचरा भईरहेको जनाएको छ ।
घाईते हुनेमा मोटर साइकल चालक उयपुरगढी गाउँपालिका ६ बस्ने ठटबहादुर राई र अमृत तामाङ्ग रहेका छन् । उनीहरुको गाईघाट जिल्ला अस्पतालमा उपचारपछि थप उपचारको लागि न्यूरो हस्पिटल विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जानकारी दिनुभयो ।
बुधबार साँझ ६ः४० बजेको समयमा बा.१२ च ९८६२ नम्बरको कारले विपरित दिसाबाट आउँदै गरेको स. १० प २७२ नम्बरको मोटर साइकललाई ठक्कर दिएको थियो ।
मोटरसाईकललाई ठक्कर दिएर फरार रहेको गाडीलाई ईलाका प्रहरी कार्यालय कटारीले नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक बेदप्रसाद गौतमले घाईतेहरु अहिले सामान्य अवस्थामा रहेको र अहिले चालकलाई पनि घाईतेको आफन्तसँग जिम्मा लगाएर उपचारमा खटाइएको बताउनुभयो । गौतमले घाईते उपचारबाट फर्किए पश्चात दुवै पक्षलाई राखि छलफल गराउने बताउनुभयो ।
कार प्रेस लेखेर चलाइएको खुलेको छ । कटारी प्रहरी स्रोतका अनुसार कारमा प्रेस लेखेको पाइएको जानकारी दिएका छन् । कारमा प्रेस चलाएको बारेमा इलाकाप्रहरी कार्यालयका कटारीका डिएसपी हेमन्त भण्डारी क्षेत्रीले बताउन चाहेनन् ।
यता प्रहरी नियन्त्रणमा रहेको कारमा प्रेस टासेर नभई सवारी पास रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी दाहालले जानकारी दिनुभयो । ‘कहिले काँही पत्रकारहरुले गाडी प्रयोग गरेको हुन सक्ने तर जिल्लामा ल्याएको गाडीमा प्रेस नलेखेको दाहालले बताउनुभयो ।
कारमा केही दिनदेखि नै प्रेस लेखेर चलाई रहेको रहस्य समेत खुलेको छ । कारमा प्रेस लेखेर चलाई रहेको देखेको जिल्ला अनुसन्धान कार्यालयका एक कर्मचारीले भने । उनले भने, ‘बुधबार विहानसम्म गाईघाटमा त्यही कारमा प्रेस लेखेको मैले देखेको थिए ।’ गाडीमा राउत सँगै राउतका श्रीमति र छोरा पनि थिए । चालकमा राउत आफै रहेको प्रहरीले जानकारी दिए ।
