
पूर्णपुष्टि÷गाईघाट, पूर्णपुष्टि, कार्तिक १७ । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ पैतालिस चोक स्थितबाट मलद्धारमा फ्रिजिङ्ग गरी ल्याएको लागुऔषध सहित २ युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी–७ बस्ने २४ बर्षीय पर्शुराम तिमल्सिना र चौदण्डीगढी–६ बस्ने २३ बर्षीय बिकि भन्ने बिबेक राई रहेको प्रहरीले जनाएको छ ।
आईतबार बेलुका ५ बजेको समयमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले पैदल हिड्दै गरेका उनिहरुलाई शंकालागी नगर अस्पताल चौदण्डीगढीमा लगि एक्स–रे गरेर हेर्दा मलद्धारमा फिजिङ्ग गरी ल्याएको ३३ वटा एम्पुल भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
एक्स–रे गर्दा तिमल्सिनाको मलद्धारमा फ्रिजिङ्ग गरेको १५ एम्पुल र राईले मलद्धारमा फ्रिजिङ्ग गरेको १८ एम्पुल भेटिएको र अस्पतालद्वारा सुरक्षित साथ निकालिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय बेल्टारको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
