
पूर्णपुष्टि, जेठ २७ । मेलेसियामा ट्रकको ठक्करबाट एक नेपाली युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको कटहरिया नगरपालिका ३ बड़का बरेडवा गाउँका २६ वर्षीय राकेश कुमार सोनार रहेका छन् ।
गत जेठ १६ गते कम्पनीबाट काम सकेर कोठामा फर्किने क्रममा ट्रकले ठक्कर दिँदा उनको घटना स्थलमै मृत्यु भएको पीडित परिवारले जनाएको छ। मृतकको को शव १० दिनपछि शनिबार साँझ नेपाल ल्याइ अन्त्येष्टि गरिएको छ।
कटहरिया ३ का वडाअध्यक्ष श्यामान्त यादवले हिन्दु परम्परा अनुसार लाल बैकया नदी किनारमा उनको दाहसंस्कार गरिएको बताएका छन् । मलेसिया स्थित नेपाली राजदूतावासले उनी काम गर्ने कम्पनीबाट क्षतिपूर्तिका लागि पहल गरिदिन मृतक राकेशको परिवारले आग्रह गरेको छ। वैदेशिक रोजगारको शिलसिलामा पछिल्लो एकवर्ष देखि उनी मलेसियामा कार्यरत थिए।
