Friday, May 1News That Matters

हुरेण्डेक उदयपुरले आयोजना गरेको ३९० घण्टे सिप मुलक तालिम सुरु

पूर्णपुष्टि, २६ जेष्ठ ।

वल्र्ड भिजन ईन्टरनेसनल नेपालको आर्थिक सहयोगमा हुरेण्डेक उदयपुरले आयोजना गरेको ३९० घण्टे सिप मुलक तालिमको शनिवार राजाबास स्थित ओरेक नेपालको हलमा उद्घाटन भएको छ । तालिम हुरेन्डेक नेपालमा कार्यरत जिबिकोपार्जन अधिकृत आशिष खत्रिको उद्घोषणमा हुरेण्डेक नेपाल उदयपुरका अध्यक्ष शंकर बहादुर थापाले अध्यक्षता ग्रहण गदै मैन बत्ति बालेर उद्धघाटन गर्नुभएको थियो ।

हुरेण्डेक नेपाल उदयपरका कार्यक्रम व्यबस्थापक बिकल सुवेदीका अनुसार मोवाईल मर्मत, बिउटी पार्लर र कम्युटर गरी तिन प्रकारको सिपमुलक तालिम दिईने भएको छ । उत्त तालिममा रौतामाई गाउँपालिका, ताप्ली गाउँपालिका, उदयपुरगढि गाउँपालिका , लिम्चुङबुङ गाउँपालिका , त्रियुगा नगरपालिका र कटारी नगरपालिकाका करिब ६ हजार आरसी ९च्भनष्कतभचभम ऋजष्मि० बाललालिकाहरुबाट छानिका ३२ जना सहभागीहरुलाई तालिम प्रदान गरिने व्यबस्थापक सुवेदीले बताए । तालिममा कम्प्युटर तर्फ १६ जना, ब्युटि पार्लर तर्प १४ र मोवाईल मर्मत तर्फ दुई जना सहभागी रहेका छन् । तालिमलाई एक्पोर्ट एजुकेसन टेक्नीकल कलेज इटहरीले सहजीकरण गर्ने छ । उक्त कलेजका म्यानेजिङ डाईरेक्टर हेमराज दाहालले उपस्थित सबैखाले प्रशिक्षार्थीहरुलाई मेहनतले सिप सिक्न अनुरोध गर्नुको साथै गुणस्तरिय सिप सिकाउने कुराका लागि आफुहरुले हदै सम्म मेहनतका साथ प्रयास गर्ने कुरामा दाहालले प्रतिवद्धता समेत जायर गरे ।

वल्र्ड भिजन इन्टरनेशनल नेपालका स्पोनसरसिप कोडिनेटर आनन्द खड्काले तालिमबाट सहभागीहरुले भरपुर फाईदा लिनु पर्ने र तालिम भनेको मानिसको बाँच्ने आधार भएको हुँदा सिप सामान्य कुरा नरहेको जनाए । यसबाट सिप सिकेर गएपछि सिपको भरपुर सदुपयोग गर्दै जिवनयापनलाई सहज बनाउन उपस्थित बालबालिकाहरुलाई खड्काले आग्रह समेत गरेका छन् । हुरेण्डेक नेपाल उदयपुरका अध्यक्ष शंकर थापाले युवाहरुलाई अन्य देश जानबाट रोक्न सिपको आवश्यक रहेको र सिपले मानिसलाई आफ्नै देशमा आत्मनिर्भर बनाउनुका साथै आफ्नै देशमा आफै मालिक बनाउने जनाए । वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल र हुरेन्डेक नेपाल उदयपुर ले गरेको यो सिप मुलक तालिमको लगानिलाई उदयपुरका सहभागिले सहि सदुपयोग गरे युवाहरु बाँच्नका लागि विदेशीनु नपर्ने र नेपालमै केहि गर्ने साहस राख्न समेत थापाले सहभागीहरुलाई सुझाए ।