Friday, May 1News That Matters

उदयपुरका उद्यमीहरुलाई एक दिने लेखा तालिम

पूर्णपुष्टि, जेठ २६ । उदयपुरमा उद्यमीहररुलाई एक दिने लेखा तालिम दिईएको छ । शनिबार घरेलु तथा साना उद्योग कार्यालय उदयपुरको आयोजनामा उद्यमीहरुलाई लेखा तालिम दिईएको हो ।

घरेलु तथा साना उद्योग महासंघ उदयपुरका प्रमुख नरेन्द्र पराजुलीको सभापतित्वमा सम्पन्न तालिममा आम्दानी खर्च, कर प्रणाली, सम्पत्ती÷दायित्व र आर्थिक वर्ष २०८०÷०८१ को बजेट र संसोधित कर छुट बिषय सम्बन्धि उद्यमीहरुलाई तालिम दिइएको थियो । घरेलु तथा साना उद्योग कार्यालय उदयपुरका प्रमुख मधुकर थापाले उद्यमीहरुको आर्थिक व्यवस्थापनलाई व्यवस्थित बनाउने उदेश्यका साथ एक दिने लेखा तालिम संञ्चालन गराईएको बताउनुभयो । घरेलु तथा साना उद्योग महासंघको समन्वयमा भएको उक्त तालिममा महिला उद्यमी समितिका अध्यक्ष बिना राई, नेपाल कपडा तथा सिलाई व्यवसाय संघका अध्यक्ष ज्ञानु प्रधान लगायतको उपस्थिति रहेको थियो । तालिममा ८० जना उद्यमीहरुको सहभागिता रहेको थियो ।