मसला पिस्ने लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ

पूर्णपुष्टि, पुष १२
मसला पिस्ने लोहोरो प्रहारबाट श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पाँचथरबाट पक्राउ गरेको छ । जिल्लाको फाल्गुनन्द गाउँपालिका–२ ईम्बुङका ईन्द्र कुमार नेम्बाङलाई श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
पुष ९ गते दिउँसो ४ बजे सामान्य घरायशी बिषयमा वादविवाद हुँदा रिशको आवेगमा श्रीमानले आफ्नै ४५ वर्षीया श्रीमती जिवन कुमारी नेम्वाङलाई लोहोरोले टाउकोमा प्रहार गर्दा उनी घाईते भएको थिइन् । घाईते भएकी नेम्बाङको बिर्तामोडको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा आईतबार बिहान साँढे ८ बजे मृत्यु भएको हो ।
घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले घटनामा संग्लग्न नेम्बाङलाई नियन्त्रणमा लिएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: