Thursday, May 21News That Matters

महामारीको बेला ह्वाट्सएपमा आउने झुटो म्यासेजबाट बच्न प्रहरीको आग्रह

पूर्णपुष्टि, बैशाख २० गते । 

कोरोना भाईरस (कोभिड–१९) संक्रमणले महामारी निम्त्याएको बेला ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत विभिन्न प्रलोभ देखाए जोगिन आबुधावी प्रहरीले आग्रह गरेको छ ।

यूएईमा हुनेलाई ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत विभिन्न प्रलोभन देखाएर म्यासेज आएमा त्यसबाट जोगिन प्रहरीले आग्रह गरेको हो ।

कुनै आपराधिक समूहले ह्वाट्स्एप लगायतका माध्यमबाट उपहार परेको, जागिरको अफर दिने, किनेमेलमा छुट हुने लगायत विभिन्न प्रलोभन देखाउँदै म्यासेज गर्ने गरेकाले जोगीन प्रहरीले आग्रह गरेको छ ।

विभिन्न प्रलोभन देखाई म्यासेज गर्ने र त्यसमा क्लिक गरे उसले भने अनुसार गरेमा व्यक्तिगत विवरणदेखि विभिन्न डाटाहरु ह्याक गर्ने भएकाले यस्तो म्यासेजबाट जोगिन प्रहरीको आग्रह गरेको छ ।

कुनै माध्यमबाट यस्तो म्यासेज आएमा प्रहरीलाई ९९९ मा अथवा ८००२६२६ मा फोन गरेर रिपोर्ट गर्न र २८२८ मा म्यासेज गर्न प्रहरीले आग्रह गरेको छ ।