महिलामाथि दुव्र्यवहार गरेको अभियोगमा पुजारी र २ धामी पक्राउ

पूर्णपुष्टि, पुष ७
सुर्खेतमा महिलामाथि दुव्र्यवहार गरेको अभियोगमा एक पुजारी र दुई धामीसहित तीन जना पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका–११ का ६६ वर्षीय भुपेन्द्र ज्ञवाली, वडा नम्बर–७ का ३९ वर्षीय भक्ति ज्ञवाली र बराहताल गाउँपालिका–८ का १९ मिलन ज्ञवाली महिलामाथि दुव्र्यवहार गरेको अभियोगमा पक्राउ परेका हुन् ।
लेकवेशी नगरपालिका–४ दशरथपुरमा ज्ञवाली परिवारको कुल पूजामा आएकी बाँके खजुराकी एक महिलालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनीहरुलाई नियन्त्रमा लिएको हो ।
उनीहरुलाई सामाजिक अपराध गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकेको प्रहरीले जनाएको छ । यद्यपि पीडित पक्षले अहिलेसम्म उजुरी दिएको छैन ।
पुष ४ गतेका दिन ती महिला आफ्नो कुल पुजा मान्न माइती आएकी थिइन् । सोही क्रममा धामी पुजारीहरुले उनीमाथि दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा आएपछि अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरुको पनि खोजी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: