
उदयपुर, पुस २६ गते ।
उदयपुरमा श्री मलिा जनजागृति सहकारीको २१ औँ बार्षीक साधारण सभा सम्पन्न भएको छ । त्रियुगा नगरपालिका–११ गाईघाटको श्री महिला जनजागृति बचत तथा ऋण सहकारी सस्था लिमिटेडको साधारण सभा शनिबारी भब्यताकासाथ सम्पन्न भएको हो ।
वार्षीक साधारण सभामा असल कर्जा असुली तर्फ अन्जुकुमारी मुक्तान र युनिर्भर्सल रिर्सोटलाई सम्मानपत्र साथ सम्मान गरिउको थियो । त्यस्तै नियमित तथा असल बचत तर्फका मेडलाईफ फार्मेसी र अशोककुमार झा र उत्कृष्ठ कर्मचारी ईश्वर पोखरेल र योगन्द्र श्रेष्ठलाई सम्मानपत्रका साथ सम्मान गरिएको सहकारीले जनाएको छ ।
सहकारीको आर्थीक वर्ष २०७५/०७६ मा शेयर पुँजी १७ लाख २२ हजार तीन सय रहेको थियो भने चालु आव २०७६/०७७मा ३० लाख पु¥याउने लक्ष्य राखिएको छ । त्यस्तै निपेक्ष संकलन ५ करोड १३ लाख ८८ हजार चार सय ११ रुपैया रहेको थियो भने १५ करोड ५० लाख पु¥याउने लक्ष्य लिएको छ । निक्षेप फिर्तामा ४ करोड ४१ लख १६ हजार पाँच सय ५८ रुपैयाँ ४५ पैसा रहेको थियो भने १२ करोड २५ लाख पु¥याउने लक्ष्य लिएको सहकारीले जनाएको छ ।
ऋण लगानीमा ४५ लाख २३ हजार दुई सय ३५ लाई दुई करोड पाँच लाख पु¥याउने लक्ष्य लिएको छ । २४ लाख ९४ हजार दुई ९१ लाई ऋण असुलीलाई चालु आवमा एक करोड पाँच लाख पु¥याउने लक्ष्य राखेको छ । लगानीमा रहिरने ऋण २४ लाख ७८ हजार नौ सय ४३ रुपैयाँ २० पैसालाई एक करोड ७० लाख र निपेक्ष रहिरहने ७३ लाख १० हजार दुई सय ५३ रुपैयाँ ५५ पैसालाई १३ करोड पु¥याउने लक्ष्य लिएको छ भने खर्चमा फर्नीचर तथा अन्य सम्पती खरीदमा १८ लाख २१ हजार चार सय एक रुपैयालाई नौ खालमा झार्ने लक्ष्य लिएको सहकारीले जनाएको छ ।
चालु आवको अनुमानीत आय व्याय ३८ लाख ९५ हजार आय र ३३ लाख १५ हजार ८८ रुपैया रहेको सहकारीले जनाएको छ ।
