Tuesday, August 11News That Matters

‘माउन्टेन गाइड’ को अनुमतिपत्र वितरण सुरु

पूर्णपुष्टि, चैत १० 

पर्यटन विभागले माउन्टेन गाइड (पर्वतीय पथ प्रदर्शक) परिचयपत्र वितरण सुरु गरेको छ ।

विभागले पर्वतारोही कामी रिता शेर्पालाई परिचय पत्र उपलब्ध गराएर पथ प्रदर्शकका लागि परिचयपत्र वितरण सुरु गरेको जनाएको छ ।

शेर्पा सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने कीर्तिमानी आरोही हुनुहुन्छ । नेपाली पर्वतीय पर्यटनलाई व्यावसायिक र मर्यादित बनाउनका लागि पथ प्रदर्शक इजाजतपत्र उपलब्ध गराउन थालेको विभागले जनाएको छ ।

विभागले उपलब्ध गराउने अनुमतिपत्र पाँच वर्ष अवधिको हुने छ । विभागले अनुमतिपत्र वितरणका लागि गत चैत १ गतेदेखि अनलाइनमार्फत आवेदन माग गरेको थियो ।

कामी रिता शेर्पाले पहिलो नम्बरमा नाम दर्ता गराउनुभएकाले उहाँले पहिलो अनुमतिपत्र प्राप्त गर्नुभएको र आवेदन दिएकाहरूको अनुमतिपत्र स्वीकृत गर्ने प्रक्रियामा रहेको विभागले जनाएको छ ।

अनुमतिपत्रका लागि दुई सयभन्दा बढीको आवेदन परेको विभागले जनाएको छ ।