Tuesday, January 14News That Matters

माओवादी केन्द्रका पदाधिकारीको जिम्मेवारीमा हेरफेर

पूर्णपुष्टि, साउन २१ । नेकपा माओवदी केन्द्रका पदाधिकारीहरुको जिम्मेवारीमा हेरफेर गरिएको छ । जिम्मेवारी हेरफेर गरेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले उपमहासचिव जनार्दन शर्मालाई बागमती प्रदेशको इन्चार्ज तोकेका छन् भने अर्का उपमहासचिव वर्षमान पुनलाई विशेष प्रदेशको जिम्मेवारी दिएका छन् ।

यस्तै सचिव देवेन्द्र पौडेललाई मधेस प्रदेशको इन्चार्ज तोकिएको छ भने डिलाराम आचार्यलाई सुदूरपश्चिम, मातृका यादवलाई लुम्बिनी, चन्द्र प्रकाश खनाललाई कर्णाली र लिलामणी पोखरेल कोशी प्रदेशको ईन्चार्ज तोकिएको छ । यसअघि मधेश प्रदेशमा गणेश शाह, सुदूरपश्चिममा खगराज भट्ट, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालिबहादुर मल्ल, गण्डकीमा हितराज पाण्डे, कर्णालीमा कालिबहादुर मल्ल र कोशी प्रदेशमा राम कार्की इन्चार्ज थिए ।