
पूर्णपुष्टि, १३ पुष ।
माओवादी नेता भिम बहादर अधिकारी (अनिल) लाई अखिल नेपाल किसान महासंघ उदयपुरले अभिनन्दन गरेको छ । पार्टी र जनतालाई पुराएको योगदानको कदर सहित अधिकारीलाई जिल्लामा भव्य अभिनन्दन गरिएको हो । अधिकारी माओवादी केन्द्रका पुरानो सक्रिय नेता हुन् ।
जिल्लामा पार्टीको नेतृत्व सम्म सम्हाले र बिभिन्न ओहदामा पुगेका अधिकारीलाई अभिनन्द तथा सम्मान गरिएको महासंघले जनाएको छ । पार्टीका केन्द्रीय सदस्य तथा इन्चार्ज केपी बरालले सम्मान पत्र प्रदान गर्दै सम्मान तथा अभिनन्दन गरेको हो । अधिकारी जनयुद्धका बेला ठुलो लडाईँहरु छिचौल्दै यो समय सम्म आईपुगेको जनाईएको छ । अधिकारीले सम्मान र अभिनन्द गर्ने अखिल नेपाल किसान महासंघलाई हार्दिक धन्यवाद दिए । उनले सम्मान कार्यत्रमले यो क्षण सम्म आईपुग्दा देश र जनतालाई दिलाएको योगदानहरुको कदर भएको अनुभव सुनाए । उनले पार्टी र जनता प्रति योगदान पुराउने काममा कायौँ भोको, कयौँ, यातना त कयौँ गोलीहरु सहेको जनाए । अधिकारी प्रहरीको घेराबाट भागेर बच्न सफल भएकाले जिउँदो सहितको उपनाम पनि दिईन्छ ।