माओवादी बिषेश रुपान्तरण अभियान : उदयपुरको ८ पालिकामा को–को हुन् कमाण्डर ?

पूर्णपुष्टि, १७ भदौ ।

शनिवारबाट देशैभर संञ्चालनमा आएको जनता सँग माओवादी बिषेश रुपान्तरण अभियान घरघरमा माओवादी–जनजनमा माओवादी कार्यक्रम उदयपुरमा पनि तिव्र गतिमा चलिरहेको छ । पार्टीले संञ्चालन गरेको तिन महिने सो अभियानमा जनता सँग जोडिन कार्यहरु भैरहेको छ । जनताको आवश्यकता र पार्टीको काम कर्तव्यहरुलाई समायोजन गरी संञ्चालन भैरहेको उक्त अभियान जिल्लाको आठ ओटै पालिकामा बिबिध कार्यक्रमहरुका साथ चलिरहेको छ ।

उक्त अभियानका लागि उदयपुरमा जिल्ला बाहिरका केन्द्रीय नेताहरु सहभागी छन् । पार्टीले अभियानमा जिम्मेवारी हेरफफेर गरी फरकफरक स्थानमा केन्द्रीय नेताहरुलाई काममा खटाएको छ । उदयपुरका लागि बहालवाला सांसद देखी पूर्व मन्त्रीहरु समेतलाई जिम्मेवारी दिएर पठाईएको छ भने उदयपुरका नेताहरुलाई अन्य जिल्लाहरुमा पठाईएको छ ।

खोटाङका प्रतिनिधि सभा सदस्य राम कुमार राई पासाङ, सुनसरीको प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री अमनलाल मोदी र पूर्वमन्त्री तथा राष्ट्रिय सभाका प्रमुख सचेतक समेत रहेका गोपी आछामी उदयपुरमा आएर अभियानको कमाण्ड गरिरहेको छ ।

उनिहरु सँगै पार्टीका अनुसासन बिभाग आयोग प्रमुख टंक राई र केन्द्रीय सदस्यहरु युक्सामहाङ मेन्याङबो, धनमाया बिक पनि अभियानमा खटिएका छन् । सांसद तथा पूर्व मन्त्री मोदी पूर्वी पालिकाहरु चैदण्डीगढी नगरपालिका र बेलका नगरपालिकामा खटिएका छन् । मोदी दुई पालिकाका अभियान इन्चार्जको रुपमा खटिएका हुन् । त्यस्तैगरी रामकुमार राई (पासाङ) लिम्चुङबुङ र ताप्लीका अभियान इन्चार्जका रुपमा छन् भने कटारीमा गोपी आछामी र धनमाया बिक छिन् । यस्तै गरी त्रियुगा र रौतामाईका लागि टंक राई इन्चार्जका रुपमा खटिएका छन् । उनिहरु सबै अभियानमा व्यस्त छन् । यस अभियानमा यी नेताहरु करिब ३ महिना उदयपुरमा बिताउने छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0