माओवादी मजदुर जनमोर्चा पार्टीले गरे गाईघाटमा एमसीसीको बिरोध

पूर्णपुष्टि, पुष १९
माओवादी मजदुर पार्टी केन्द्रीय तदर्थ समिति र राष्ट्रिय जनमोर्चा पार्टीले गाईघाटमा एमसीसीको चर्को बिरोध गरेको छ । एमसीसी राष्ट्रघाती भएको आरोप लगाउँदै सरकारलाई तत्काल ख्यारेजको माग राख्दै बिरोध प्रदर्शन गरेको हो ।

मजदुर पार्टीका केन्द्रीय माहासचि हिमाल सिंह राईले सबैदलहरुले राजनितिक चरित्र ग्रहण नगरेको आरोप लागएका छन् । उनले एमसीसी नेपालको लागि घातक रहेको जनाउँदै सरकारले यस्लाई तत्काल ख्यारजे नगरे अझै कडा आन्दोलनमा जाने चेतावनी दिए । राईले एमसीसी नेपालमा पास भएमा चिन र अमेरिकाको अन्तर बिरोध बढ्नुका साथै नेपाल युद्ध स्थल बन्नेमा जनताहरु सचेत रहन अनुरोध गरे ।

आर्का जनमोर्चाका जिल्ला सचिव लिल कुमार राईले पनि एमसीसी नेपालको लागि निकै घातक रहेको जनाए । उनले एमसीसीका सबै बुद्धहरु प्रष्ट नरहेकाले यो निकै खतरनाक रहेको जनाए । यसमा नेपाली जनताहरुले ध्यान दिएर बुझ्न जरुरी रहेको र यसलाई ख्यारेज गर्न सरकारलाई दवाव दिन समेत अनुरोध गरे । कार्यक्रममा मजदुर पार्टीकै अर्का नेता तथा केन्दीय प्रवक्ता जगत कटुवालले समेत एमसीसी बारे आफ्नो धारणा राख्दै सरकारलाई एमसीसी ख्यारेज गर्न अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: