
पूर्णपुष्टि, साउन २५ । माओवादी मजदुर पार्टीले त्रियुगा नगरपालिका–३ मोतिगडाको फुलचोकस्थित खहरे खोलामा अस्थायी बाँसको पुल निर्माण गरेको छ ।
माओवादी मजदुर पार्टीका केन्द्रिय तदर्थ समितिले स्थानीयबासीलाई बर्षातको समयमा खोला तर्न समस्या भएको भन्दै श्रमदान मार्फत पुल निर्माण गरेको पार्टीका महासचिव हिमाल सिंह राईले बताएका छन् । उनका अनुसार पार्टीको नेता, कार्यकर्ता र स्थानीयबासिको सहयोगमा पुल निर्माण गरिएको हो ।
माओवादी मजदुर पार्टीद्धारा वृक्षारोपण
माओवादी मजदुर पार्टीेले त्रियुगा नगरपालिका–३ मोतिगडा स्थित सगरमाथा टोलमा वृक्षारोपण समेत गरेको छ । गत शुक्रबार चोमोलुङ्मा साहित्य परिषद्सँगको सहकार्यमा चिउरी, अमला, सल्ला र निमपत्ताको २५ वटा बोट रोपिएको महासचिव राईले जानकारी दिए । उनका अनुसार साहित्य परिषद्को अध्यक्ष सम्झना असफल राइको उपस्थितिमा वृक्षारोपण गरिएको हो ।

