
पूर्णपुष्टि, साउन २७ । उदयपुरमा ७ बर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका–११ बरुवाटार बस्ने ४५ बर्षीय शुभराज राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार राईले गत साउन १४ गते रातीको अन्दाजी १० बजेको समयमा बरुवाटारस्थितमा डेराभाडा गरी बस्ने ७ वर्षीय बालिकालाई जवरजस्ती करणी गरेका थिए । राईलाई खोजतलास गर्ने क्रममा उनकै घरबाट आईतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका राईलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
