
पूर्णपुष्टि, साउन २७ । उदयपुरमा बालयौन दुरुपयोग गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–११ साकेला टोल बस्ने २२ बर्षीय सागर परियार रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार परियारले गत साउन २२ गते दिउँसो २ बजेको समयमा साकेला टोल स्थितमा १६ वर्षिय बालिकालाई बालयौन दुरुपयोग गरेका थिए । परियारलाई खोजतलास गर्ने क्रममा आईतबार उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका परियारलाई जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
