माघ २६ देखी उदयपुर एक्स्पो महोत्सव हुने

पूर्णपुष्टि, १३ मंसिर ।
माघ २६ देखी उदयपुर एक्स्पो २०८० (उदयपुर महोत्सव) हुने भएको छ । गाईघाट स्थित जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा उक्तमहोत्सव हुन लागेको हो । बुधबार पत्रकार सम्मेलन गरी महोत्सवबारे आयोजकले जानकारी गराएको छ । महोत्सवको मुख्य उदेश्य आर्थिक मन्दीलाई चलायमान बनाउन रहेको जनाईको छ । यसका साथै स्थानीय व्यवसायको प्रबद्र्धन पनि गर्ने जनाईएको छ । यस महोत्सवले उद्यमशीलता, उदयपुरको पहिचान, राष्ट्रियता र सम्बन्धको भावना, जीवजन्तु, प्रविधि, कला संस्कृति, सिप तथा विविधता आदिमा फाईदा पुराईने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0