माधव नेपाल समवेदना दिन उदयपुर आए -फोटो फिचरसहित

पूर्णपुष्टि, मंसिर ५ ।
नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवोदीका अध्यक्ष माधवकुमार नेपाल आज उदयपुर आएर पुत्रशोकमा परेका उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी र उनको परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

हेलिकेप्टरबाट पाउने बाह्र बजे गाईघाट उत्रिएका अध्यक्ष नेपालले त्रियुगा नगरपालिका १३ गाईघाटस्थित घरमै पुगेर चौधरी र परिवारजनप्रति समवेदन प्रकट गरेका हुन् ।

हिजो पिकनिक जाँदा पौडीखेल्ने क्रममा डुबेर मेयर चौधरीको ३२ वर्षिय छोरा मनोज चौधरीको मृत्यु भएको थियो । पुत्रशोकमा परेका पार्टीका १ नं. प्रदेश अध्यक्षसमेत रहेका मेयर चौधरीलाई अध्यक्ष नेपालले सान्त्वना दिए । उनले चौधरी पुत्रको पार्थिक शरीरमा पार्टीको झण्डा ओढाई श्रद्धाञ्जली अर्पन गरे । उनी त्रियुगा नदिको घाटसम्म नै मलामीसमेत गएका थिए ।

मन थाम्न नसकेपछि छोराको पार्थिब शरीरमाथि लडे मेयर चौधरी 

करिब डेड घण्टा विताएर समवेदना प्रकट गरेका उनी पुनः काठमाडौं फर्किएका छन् । यसक्रममा समवेदना वाहेक कार्यकर्ता भेटघाट तथा अन्य कार्यक्रमहरु केही नगरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए । प्रवक्ता खतिवडा पनि आएका थिए ।

समवेदना दिन नेकपा माओवादी केन्द्रका संघीय सांसद सुरेशकुमार राई, १ नं. प्रदेशका मन्त्री हिमाल कार्की तथा अन्य सांसदहरु उपस्थित थिए । साथै जिल्ला स्थित प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखहरुसमेतको उपस्थिति थियो । थारु संस्कृति अनुसार अन्तिम संस्कार गरिएको थियो । मेयर चौधरीको घरमा जम्मा भएको मलामीको भीड नियन्त्रण तथा उच्च स्तरको नेताहरुको सुरक्षाका लागि प्रशासनलाई सुरक्षा ब्यवस्था कठिन परेको थियो ।

फोटो फिचर




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: