Tuesday, June 9News That Matters

मानव बेचविखनको आरोपमा उदयपुरको १ जना पक्राउ

पूर्णपुष्टि, पौष २५

मानव बेचविखनको आरोपमा उदयपुरको एक युवा पक्राउ परेका छन् । उदयपुरको बेलका नगरपालिका ३ का ३५ बर्षिय घुरन माझीलाई मानव वेचविखन तथा ओसारपसार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

माझिले परिवर्तित नाम ज्ञ कुमारीलाई राम्रो जागिर लगाईदिन्छ् भनि भारतमा पु¥याई वेचविखन गरेको आरोपमा पक्राउ प्रहरीले परेको हो ।

उनी विरूध २)७४ साल कार्तिक १ गते मानव वेचविखन तथा ओसारपसार मुद्दा दर्ता भई लुकिछिपी बसेको आरोपमा पक्राउ गरेको हो ।  उनी विरूध आवश्यक अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ ।