
पूर्णपुष्टि/ उदयपुर/कार्तिक १७ गते ।
पछिल्लो समय उदयपुरको बिभिन्न सहरमा स्केट पार्क व्यवसायी र खेलाडीको आकर्षण बढ्दो अवस्थामा छ । गाईघाट लगायतका आसपासमा मात्रै ६ ओटा भन्दा बढी स्केट पार्क निर्माण भै सकेको छ । तर यो मापदण्ड अनुरुप चलेको छ या छैन त्यो भने अवलोकन भएको छैन् । पछिल्लो समय स्केट पार्क चै दिनदिनै बढेको छ तर कसरी संञ्चालन भैरहेको छ भनेर संघले चासो देखाएको छ । खेलाडीको सुरक्षा सहितको मापदण्ड यस खेलका लागि महत्वपूर्ण रहेको संघको भनाई छ । उदयपुर स्केट संघले करिब १५ ओटा बुद्धा उल्लेख गर्दै स्केट पार्कहरुलाई मादण्ड अनुरुप संञ्चालन गर्न सुझाएको छ । व्यवसायी दर्ता, खेलाडीको सुरक्षा, निर्माण भएको भौतिक संरचना, खेल सामाग्री लगायत बिभिन्न आवश्यक मापदण्डलाई पुरा गरी संञ्चालन गर्न संघको आह्वान छ । संघका अध्यक्ष राकेश राई हस्ताक्षर पत्रमा जिल्लामा रहेका स्केट पार्कहरुलाई मादण्डविपरिद भएको भए तत्काल सुधार गर्न भनिएको छ । संघले यदि यो पत्रलाई पनि वेवास्ता गरेमा मापदण्डको पालना नभएसम्मका लागि प्रशासनको सहयोगमा बन्द गरिने पनि चेतावनी दिएको छ ।





