मापसे सेवन गरेका चालकले प्रहरीलाई घुस दिन खोजेपछि पक्राउ

पूर्णपुष्टि, पुष २२
मादक पदार्थ सेवन गरेर सवारी चलाएका चालकले प्रहरीलाई घुस दिन खोजेपछि पक्राउ परेका छन् । चितवन घर भएका २४ वर्षीय रोशन श्रेष्ठ र काठमाडौं मच्छेगाउँका ५४ वर्षीय केशव गोपाली प्रहरीलाई घुस दिन खोजेको अभियोगमा पक्राउ परेका हुन् ।
प्रदेश ०३–०२–००४ प ४९७४ नम्बर मोटरसाइकल हाँकिरहेका श्रेष्ठ र पछाडि सवार गोपालीले दुबै मदिरा सेवन गरेको र महानगरीय प्रहरी प्रभाग नैकापको प्रहरी टोलीले चेकिङ गर्दा चालकले पाँच सय रुपैयाँ घुस दिन खोजेका थिए ।
घुस दिन खोजेपछि प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त थानकोटमा राखी थप अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: