
पूर्णपुष्टि, वैशाख १३ ।
नेपालको सबैभन्दा बढी कोरोना भाइरस प्रभावित स्थान उदयपुरको भुल्केमा पत्रकारले सामाजिक दुरी व्यबहारिकरुपमै प्रयोग गरेको छ । प्रदेश १ का मुख्मन्त्री शेरधन राईको अन्तरवार्ता लिने क्रममा पत्रकारले सामाजिक दुरी अपनाएको हो । प्रभावित क्षेत्रको पहिलोपटक अवलोकन गर्न आएका मुख्यमन्त्री राईलाई उदयपुरका एक पत्रकारले बाँसको भाटामा माइक पीन राखेर डेडमिटरको दुरीबाट अन्तरवार्ता गरे ।
स्थानीय स्रोत साधनको प्रयोगको रुपमा बाँसको भाटामा माईक पिन राखेर मुख्यमन्त्रीको भनाइ लिएका थिए । कोरोना संक्रमणबाट बच्ने एक उत्तम उपाय र ब्यवहार सामाजिक दुरी हो । पत्रकार र मुख्यमन्त्रीबीचको उक्त सामाजिक दुरीले धरैलाई सामाजिक दुरीप्रति सकारात्मक सन्देश प्रवाह हुन्छ ।
हेलिकेप्टरबाट आएका मुख्यमन्त्री राईले भुल्केको अवलोकन तथा समग्र अवस्थाबारे बुझेपछि उदयपुरकै कटारी नगरपालिका १ बेलसोतस्थित प्रदेश क्वारेन्टाइनको अवलोकनका लागि गएका छन् । (तस्विर साैजन्य : हाेम बस्नेत)
तस्विरहरू :


