
पूर्णपुष्टि, फागुन १०
प्रदेश १ सभाको हिजो बसेको बैठकमा मुख्यमन्त्री शेरधन राई विरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेश भएको छ ।
ओली पक्षका सांसदहरुको अनुपस्थितिमै बसेको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेश गर्न प्रचण्ड–माधव समूहका सांसद ईन्द्र आङ्बोलाई समय दिनुभएपछि आङ्बोले प्रस्ताव पेश गरेका हुन् ।
आङ्वोले अविश्वास प्रस्ताव पेश गरेलगत्तै सभामुख भण्डारीले आगामी फागुन २० गतेसम्मका लागि संसद बैठक स्थगित भएको घोषणा गरेको जनाईएको छ ।
