मुगुको गमगढी बजारमा भिषण आगलागी, १७ ओटा घर खरानी, एउटा घर भत्काएर आगो नियन्त्रण

पूर्णपुष्टि, कार्तिक ३०
गएराती मुगुको गमगढी बजारमा भिषण आगलागी भएको छ । आगलागिमा परी बजारमा रहेको करिब १७ ओटा घर खरानी भएको छ । बजारमा आगलागी भएपछि अन्य ठाउँ फैलिन र थप क्षती हुन बाट बचाउन एउटा घरै भत्काएर आगो नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी माधव श्रेष्ठले बताए । राति १२ः३० बजे देखि सुरु भएको आगलागी घरै भत्काएर नियन्त्रणमा लिनु परेको एसपी श्रेष्ठले बताए ।

एसपी श्रेष्ठका अनुसार आगलागीबाट १७ घर र तीन वटा घुम्ती जलेको तथा एउटा घर आगो फैलिन नदिन भत्काइएको छ । एउटा घरमा बालेर राखेको दियोबाट आगो फैलिएको अनुमान गरिएको छ । प्रहरी, नेपाली सेना, स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिना सफल भएको एसपी श्रेष्ठको भनाई छ ।उहाँले आगलागीबाट कति क्षति भएको छ भनेर विवरण संकलन गर्न थालिएको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: