मुगौला बिरामीले उदयपुर अस्पतालबाटै पाउन थाले डायलासिस सेवा

पूर्णपुष्टि, ५ माघ ।
उदयपुरमा डायलासिस सेवा सुरु भएको छ । जिल्लामा केहि समय अघिमात्रै डायलासिस सेवाको उद्घाटन गरेका थिए । मृगौला बिरामीहरुले सेवा संञ्चालन भएसँगै डायलासिस पहिलो पटक उदयपुर अस्पतालबाटै गराउन पाएको जनाए । उदयपुरगढी गाउँपालिका ४ डुम्रेका दिलबहादुर मगरले आफ्नै जिल्लाको सरकारी अस्पतालबाट उदयपुरमै डायलासिस सेवा पाएको जनाए । मगरले पहिले धरान बिराटनगर जस्ता ठाउँमा गएर उपचार गराउँदै आएका थिए । २९ वर्षीय मृगौला बिरामी मगर ३ महिनायता मृगौलाका रोगी पत्ता लागेको उनलाई धरान, बिराटनगर र काठमाडौँका विभिन्न अस्पताल धाउँदा १२ लाखभन्दा बढी खर्च भईसकेको छ ।

पटकपटकको परीक्षणपछि दुवै मृगौला खराव भएको पत्ता लागेसँगै उनले शिक्षण अस्पताल महाराजगञ्जमा पहिलो पटक डाईलासिस गराएको बताएका छन् । चिकित्सकले उनलाई प्रत्येक साता दुईपटक डाईलासिस गराउन सुझाएको छ । जस अनुसार उनी या धरान, बिराटनगर या काठमाडौँमै डेरा लिएर बस्नुपर्ने बाध्यतामा छट्टपाईरहदा उदयपुरमै उपचार पाउने खवरले केही राहत महसुस भएको छ । मगरको उपचारमा डा. मेसु ज्ञानेन्द्र झा र विशेषाज्ञ चिकित्सक डा. रनदिप राउतलगायतको टोली परिचालन भएको छ । पहिलो पटकको उपचार भएकाले यो एक किसिमको परीक्षण पनि भएकाले यसपछि उनलाई फलोअपमा पनि यहीँ आउन सुझाइएको छ ।

डा. झाका अनुसार गत पुस ३ गते नै उद्घाटन गरिएका हेमोडाईलासिसको यन्त्र उपकरण बिरामी नपाउँदा सेवा सुचारु हुन पाएको थिएन । अस्पतालले एकैचोटी ४ जना बिरामीलाई डाईलासिस गर्न मिल्ने गरी यन्त्र उपकरण र जनशक्तिको व्यवस्थापन गरेको डा. झाको भनाई छ । अस्पतालले ५ जनाका लागि उपकरण जडान गरेको भए पनि एउटा भैपरी आउदा प्रयोग गर्नेगरी बैकल्पिक राखेर ४ जनाले एकैचोटी सेवा लिनमिल्ने डा। झाले बताएका छन् ।

पछिल्लो २ वर्षयता जनशक्ति र यन्त्र उपकरणले सुसज्जित हुँदै आएको उदयपुर अस्पतालले हाडजोर्नी, पत्थरी, दन्त रोग र जटिलखाले गर्भवतीको अप्रेसनसेवा (सिएस) मार्फत बच्चा जन्माउने सेवामा अग्रणी स्वास्थ्य संस्थाको परिचय बनाईसकेको छ । मृगौलाको उपचार सेवा पनि सुचारु भए पछि उदयपुरसहित छिमेकी खोटाङ, सिन्धुली र ओखलढुंगाको दक्षिण भेगका नागरिकले सहज स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ ।

यी सुविधा सँगै अस्पतालले संघीय सरकार स्वास्थ्य मन्त्रालयको ८५ लाख र स्थानीयतहहरुको २१ लाख गरी १ करोड ७ लाख सहयोगबाट डाईलासिस सेवा सुरु गरेको हो । मन्त्रालयको रकमले यन्त्र उपकरण खरिद गरिएको हो भने त्रियुगा नगरपालिकाको १० लाखबाट उपचार कक्ष निर्माण तथा कटारी र चौदण्डीगढी नगरपालिका तथा रौतामाई र ताप्ली गाउँपालिकाले दिएको ११ लाखले डाइलासिसका अन्य बन्दोबस्तीका सामग्री व्यवस्थापन गरिएको अस्पतालका लेखा अधिकृत महेश वाग्लेले बताएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0