
पूर्णपुष्टि, ५ माघ ।
उदयपुरका आठ ओटै स्थानीय तहमा गठन भएको नेपाल रेडक्रस सोसाईटीका सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारीहरुलाई स्थानीय व्यवस्थापन सम्बन्धि तिन दिने तालिम संञ्चालन गरिएको छ । वल्र्ड भिजन नेपालको सहयोग तथा हुरेण्डेक उदयपुर र नेपाल रेडक्रस सोसाईटी उदयपुरको संयुक्त आयोजनामा शुक्रबारदेखी आईतबार सम्मका लागि तालिम संञ्चालन गरिएको हो ।
उदयपुरको बढ्दो बिवद् समस्याबारे अध्यान गर्दै बिपद् बाट बँच्न पूर्व तयारी र न्युनिकरण गर्नका लागि समितिका पदाधीकारीहरुलाई तयारी र व्यवस्थितको निम्ति तालिम प्रदान गरिएको हुरेण्डेक उदयपुरले जनाएको छ । पछिल्लो समय उदयपुरमा आगलागी, बाढी पहिरो जस्ता बिपदले आक्रान्त पारिरहेको अवस्था छ । त्यो सँगै भुकम्प र अन्य प्राकृतिक विपदको समस्याहरु पनि प्रसस्तै छ । यस्तो अवस्थामा अग्रसर भई उद्धार तथा समन्वय गर्न यस तालिमले सहयोग पुराउने हुरेण्डेक उदयपुरका कार्यक्रम अधिकृत बिकल सुवेदीले जनाए । सुवेदीका अनुसार तालिमले आपत कालिन अवस्थामा पदाधीकारीहरुलाई सहज र सरलता प्रदान गर्ने छ ।

यस्तै जिविको पार्जन अधिकृत तथा कार्यक्रम व्यवस्थापक आशिस खत्रीले गठन भएको कार्यसमितिले विपदको अवस्थामा अगाडी बढेर काम गर्नु पर्ने र समन्वय तथा सूचना प्रवाह गर्नु पर्ने जनाए । कार्य समितिका अध्यक्ष सहित ३ पदका पदाधिकारीहरुलाई बिपद समधानमा अग्रसर बन्न तालिमको ठुलो योगदान हुने उनले जनाए । यसरी उद्धारका लागि अघि सरेर काम गर्ने ति सदस्यहरुलाई अग्रिम तालिमको उत्तिकै महत्वपूर्ण हुने भन्दै तालिम प्रदान गरिएको खत्रीको भनाई छ । उनिहरुले बिपद प्रतिनिधिको रुपमा आफुलाई तयारी गर्नुपर्ने हुँदा पहिला आफुनै सक्षम बनाउनु पर्ने भनाई छ । उदयपुर जिल्लाका स्थानीय तहहरुमा कतिपय त्यस्ता बिपद समस्यालाई सहज र उद्धार गर्न यो तालिम फलदायी बन्न सक्ने खत्रीले जनाए । उदयपुर बाहेक अन्य जिल्लाहरुमा यस्ता खाले समितिले निकै प्रभावकारी कामहरु समेत गरिसकेको जनाईएको छ । तालिमको उद्घाटन नेपाल रेडक्रस सोसाईटी उदयपुरका सभापति मदनराज कटुवालले गरेका थिए । तालिममा आठ पालिकाका ३५ जना पदाधिकारीहरु सहित रेडक्रस सँग सम्बन्धित व्यक्तिहरुको समेतको भव्य उपस्थिति छ । तालिमलाई पवन पाख्रिन र कालिदास श्रेष्ठले सहजीकरण गरेका छन् ।


