Thursday, May 28News That Matters

मोटरसाईकल सहित मृत फेला चौधरीको निष्पक्ष अनुसन्धान गर्न स्थानीयको माग

पूर्णपुष्टि, १९ फागुन ।
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के स्थित मोटर साईकल सहित मृत फेला परेको अनन्द चौधरीको घटना रहस्यमय रहेको स्थानीयहरुले जनाएको छ । शुक्रबार राति मृत १९ बर्षिय चौधरीको दुर्घटनामा नभई हत्या भएको हुन सक्ने स्थानीयको भनाई छ । २ नं वडा अध्यक्ष घमान सिंह खत्रीले दुर्घटना नभई कसैले घटना घटाएको जनाएको ।

उनले अनुसन्धान नगरी पोष्टमार्टम नगर्न पनि भनेका छन् । चौधरी नेपालटारको एक ग्यारेजमा काम गर्दै आएको परिवारले जनाएको छ । एक हप्ता उतै बस्ने र शुक्रबार घर आउने सनिवार वसेर आईतबार बिहानै काममा फर्किने गरेको परिवारले जनाए । तर यस शुक्रबार भने घर आउने क्रममा भुल्के ब्यारेक देखी केही पर निर्माण भैरहेको नालीको खाल्डो भित्र चौधरी मृत अवस्थामा फेला परेको हो । प्रहरीले दुर्घटना हो या हत्या भन्ने बारे अनुसन्धान भैरहेको जनाएको छ ।

स्थानीयहरुले घटना संकास्पद रहेको भन्दै निष्पक्ष अनुसन्धानको लागि माग गरेको छ । चौधरीको लाश खाल्डो भित्र छ भने मोटरसाईकल खाल्डो देखी केहि पर छ । उनको टाउको र अनुहारमा चोट लागेको छ । स्थानीयहरुले घटना पनि उल्टो तरिकाले भएको जनाए । यदि दुर्घटना नै थियो भने, नेपालटार बाट आउँदा सोही साईड बाट दुर्घटना हुनु पर्नेमा ठिक उल्टो जोगिदहबाट आउने साईडबाट भएको छ । वडा अध्यक्ष खत्रीले वर पर मोटरसाईकलको ढाम नदेखिएको जनाए ।