Friday, February 14News That Matters

मेजर राईद्धारा नगर विकास कोष खारेज गर्न माग

पूर्णपुष्टि, साउन १३ गते ।
उदयपुर जिल्लाको बिकट पालिकाको रुपमा चिनिएको लिम्च्ुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर राईले नगर विकास कोष खारेजीको माग गरेको छ । अध्यक्ष राइले नगरपालिकालाई मात्र समेट्ने नगर विकास कोष खारेजी गर्न माग गरेको हो ।
गाउँपालिकालाई पनि समेटिनु पर्ने छ , होइन भने नगरहरुलाई मात्र संबोधन हुने, कथित विभेदकारी कोष, नगर विकास कोष खारेज गर्नु पर्छ भन्ने राईको भनाई रहेको छ ।
राईले भने “मेरो विचारमा अहिलेको परिवर्तित समयमा नगर विकास कोषलाई “स्थानीय तह विकास कोष”को नाम दिएर उक्त कार्यक्रमलाई कार्यान्वयन गर्दा सबैलाई न्यायोचित र व्यवहारिक हुने तर्फ नेपाल सरकार र शहरि विकास मन्त्रालयको गम्भिर ध्यानाकर्षण गराउन चाहान्छौ” भन्दै नगर विकास कोषको खारेजीको माग गरेका हुन् ।
नगर विकास कोष नेपालमा नगरहरुको निर्माण, विकास र विस्तार एवं नगरहरुमा आधारभूत सामाजिक सेवा र आयमूलक आयोजना सञ्चालन गर्न गराउन तथा त्यस्ता सेवा तथा आयोजना सञ्चालन गर्ने नगर विकाससंग सम्बन्धित निकायलाई आवश्यक आर्थिक तथा प्राविधिक सहयोग पु¥याई व्यवस्थित ढंगले नगरको विकास गर्न, गराउनको लागि नगर विकास कोषको स्थापना गरिएको हो ।