Sunday, June 14News That Matters

मेयरमा पराजित राउतको १ वर्षमा ११ काम

पूर्णपुष्टि, बैशाख ३० ।
गत स्थानीयतहको निर्वाचनमा त्रियुगा नगरपालिकामा पराजित मेयरका उम्मेदवार भागवत राउतले गएको एकवर्षमा ११ सामाजिक काम गरेको उल्लेख गरेका छन् । नेकपा एमालेका जिल्ला नेता राउतले आफ्नो फेसबुक स्टाटसमा ११ वटा कामहरुको सुची आज सार्बजनिक गरेका हुन् ।
उनले ४२९ जनाको निःशुल्क आँखा शल्याक्रिया, साङ्लीमा बाँधिएका दुईजनालाई उद्धार तथा मानव सेवा आश्रममा पठाएको, माझी समुदायको परमपरागत शिपको जगेर्ना र संरक्षणका लागि ढुङ्गा हस्तान्तरण, स्वास्थयचौकी जाँतेमा फलामे बेड हस्तान्तरण गरेको जनाएका छन् । त्यस्तै २० जनालाई ह्वील चियर, १२ जना दृष्टिविहिनलाई सेतोछडी प्रदान, एक किड्नी रोगी र एक हर्नियाका रोगीलाई आर्थिक सहयोग गरेको जनाएका छन् । झोलुङ्गेपुलको माग तथा योजना सुनिश्चितता गराएको, राष्ट्रपति चुरे संरक्षण समितिका अध्यक्ष डा. किरण पौडेललाई खोलाहरुको स्थलगत अवलोकन गराई नियन्त्रणको योजना माग, आँखा स्वास्थ्य सम्बन्धी मलेसियामा एसिया महादेश स्तरीय गोष्ठिमा सहभागि भएको र जापानीज दुतावासका कर्मचारी युमिको उन्साईलाई मदन भण्डारी आँखा अस्पतालको क्षमता विस्तारका लागि थप सहयोगको अनुरोधसहित निरिक्षण भ्रमण गराएको उल्लेख गरेका छन् ।
चुनाव पराजित भएको दिनलाई उनले नगरबासीको मन (मत) जित्न नसकेको दिनको रुपमा उल्लेख गरेका छन् । निर्वाचन सम्पन्न भएको एकवर्षमा ११ सामाजिक काम गर्न गरेको र त्रियुगाको समृद्धि र विकासमा दत्तचित्तका साथ लागी पर्ने बचनबद्धता गरेका छन् । काम गरेकोमा आफैलाई धन्य मानेका नेता राउतले सहयोग गर्नेहरुलाई भने धन्यावाद दिन छुटाएका छन् ।
उनको फेसबुक स्टाटस पढेर धेरैले प्रशंसा गरेका छन् भने सामाजिक काम निरन्तर होस् भनेका छन् । केहीले आप्mनालाई चेप्ने र अरुलाई हेप्ने प्रबृत्ति छाड्न सुझाएका छन् । कतिपयले जनताको काम गर्नेलाई पद र कुर्सी चाहिदैन, सच्चा मनले काम गर्नेलाई जनताले मुल्याङ्कन गर्ने भन्दै राजनीति र सामाजिक कामप्रति प्रोत्साहित गरेका छन् ।
नेता सार्बजनिक मानिस हो । समाजप्रति जिम्मेवार हुनुपर्छ । नागरिकको टिका–टिप्पणी, सल्लाह–सुझाव र प्रतिक्रियाका सुन्नुपर्छ । आफुलाई जिम्मेवार र जवाफदेखि बनाउनुपर्छ । समाजमा उनको सकारात्मक र नकारात्मक कुराको लेखाजोखा हुन्छ । स्वस्थ्य आलोचनालाई आत्मसाथ गरेर थप राम्रो कदममा बढ्नुपर्छ । नेता राउतको आजको फेसबुक स्टाटस यसैसंग सम्बन्धीत मान्नसकिन्छ ।