Saturday, June 13News That Matters

मेयर र सञ्चारकर्मीमा कोरोना सङ्क्रमण पुष्टि

पूर्णपुष्टि, असोज २७

महोत्तरीमा जनप्रतिनिधि र सञ्चारकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भङ्गाहा नगरपालिकाका मेयर  सञ्जीवकुमार साहमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
मेयर साह आफैँले आफ्नो पिसीआर जाँचको नतिजा पोजेटिभ आएको सार्वजनिक गरेको थियो । केही दिनदेखि ज्वरो आउने, हात कटकटी दुख्दै थालेपछि मयेर साहले सोमबार जनकपुरमा पिसीआर परिक्षणका लागी स्वाब दिएको थियो । परिक्षणमा पोजेटिभ नतिजा आएको जनाएको छ । उनी होम आइसोलेसनमा बसेको जनाएको छ ।

त्यसैगरी महोत्तरीका रासस र कान्तिपुरकर्मीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु अहिले होम आइसोलेसनमा छन् ।

यसअघि अन्नपूर्ण र न्यूज–२४ का रिपोर्टरलाई पुष्टि भएको थियो । तर उनीहरु अहिले सङ्क्रमणमुक्त भइसकेका छन् ।