मेरो दावी पहिलेदेखि कै हो : मिक्सो

पूर्णपुष्टि, मंसिर २९ ।
नेकपा माओवादी केन्द्रको प्रदेश अध्यक्षका दावेदार हर्क नेम्वाङ (मिक्सो) ले आप्mनो दावेदारी प्रदेश अधिवेशन अगावैदेखि रहेको बताएका छन् । उनले जनयुद्धकालदेखि नै विभिन्न जिल्लामा युद्ध तथा पार्टीको नेतृत्व गर्दै १ नं. प्रदेशमा विभिन्न कालखण्डमा सफल नेतृत्व गरिसकेकोले अहिले पार्टीको १ नं. प्रदेश नेतृत्वमा दावी रहेको बताए । “यो दावी अहिले आएर गरेको हैन” उनले भने “सुरुदेखि कै मेरो दावेदारी हो ।”

अहिले पार्टीले लिएको केन्द्रिय निति, विचारलाई कार्यान्वयन तथा लागू गर्न आफु सक्षम रहेको दावीसहित नेतृत्वको दावी गरेको उनले बताए । उनको माओवादी पृष्ठभुमी हेर्दा जनयुद्धताका जनमुक्ती सेनाको कम्पनी भिसीसम्मको जिम्मेवारी सम्हालेका थिए । मिक्सो ०५९ सालमा रुम्जाटारमा लडाइको क्रममा सक्त घाइते भएका थिए । करिब चारवर्षे जनमुक्ती सेनाकालमा करिब १५ वटा ठूला युद्धको सफल नेतृत्व गरेका थिए ।

०६० सालयता पाँचथर जिल्लाको सेक्रेटरी भएका थिए । त्यसपछि धनकुटा जिल्लाको इन्चार्ज भएका उनी ०६४ देखि निरन्तर पाँचथरको इन्चार्जशिपमा रहका छन् । पार्टीको पूर्व पोलिटब्यूरो सदस्यसमेत रहेका थिए । पछिल्लो समय आप्mनै जिल्ला पाँचथरबाट राजनीति गरिरहेका मिक्सो अर्थमन्त्री जनार्दन शर्माको प्रमुख स्वकीय सचिव पनि हुन् ।
पार्टीको १ नं प्रदेश नेतृत्वमा तीन केन्द्रिय सदस्यहरु सुरेशकुमार राई (हिमाल), इन्द्रबहादुर आङ्बो र हेमराज भण्डारीले दावी छाडेर आफुपछिको पुस्तामा दिने निर्णय लिएपछि मिक्सोसहित चारजनाको नाम दावेदारीमा छन् । उदयपुरका मोहनबहादुर खत्री, सुनसरीका शिवकुमार डाँगी र मुक्साहाङ मेन्याङ्बोले दावी गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: