
पूर्णपुष्टि, चैत १० । विश्व विजेता अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा पानमामाथि सहज जित निकालेको छ । कतारमा विश्वकप जितेपछि पहिलो खेल खेलेको अर्जेन्टिनाले पानामालाई २–० गोलले हराएको हो ।
शुक्रबार बिहान घरेलु मैदान ब्युनर्स आयर्समा भएको खेलको ३२ औं मिनेटमा युवा खेलाडी थिएगो अल्मडाले गोल गर्दै अर्जेन्टिनालाई आग्रता दिलाएका थिए भने ४३ औं मिनेटमा कप्तान मेस्सीले फ्रिकिकमार्फत गोल गर्दै अर्जेन्टिनालाई सहजै जित दिलाएका थिए ।
सो गोलसँगै मेस्सीले आफ्नो करियरमा ८०० औं गोल पुरा गरेका छन् । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोपछि ८०० औं गोल पुरा गर्ने मेस्सी दोस्रो खेलाडी बनेका छन् । रोनाल्डोले कुल ८३० गोल गरेका छन् ।
अर्जेन्टिनाको राष्ट्रिय टिमका लागि मेस्सीले ९९ औं गोल गरिसकेका छन् भने सय गोलहुन एक गोल मात्र बाकीँ छ । उनले क्लब लेभलमा कूल ७०१ गोल गरेका छन् । उनले बार्सिलोनाका लागि ६७२ र पेरिस सेन्ट जर्मेनका लागि २९ गोल गरेका छन् । अर्जेन्टिनाले अर्को खेल आउने मंगलबार कुराकाओसँग खेल्नेछ ।
