
पूर्णपुष्टि, चैत १० । आज मन्त्रीपरिषद्को बैठक बस्ने भएको छ । सो बैठकले प्रहरी महानिरीक्षक (आईजिपी) नियुक्तिबारे निर्णय गर्ने भएको छ ।
आज (शुक्रबार) सिंहदरबारमा अपरान्ह ४ बजे बस्ने मन्त्रिपरिषद्को बैठकले नयाँ प्रहरी महानिरीक्षक नियुक्तीबारे निर्णय गर्नेछ । महानिरीक्षक (आईजीपी) को दाबेदारमा वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य रहेका छन् । हालका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अवकासमा जान लागेकाले नयाँ महानिरीक्षक नियुक्तिको तयारी थालिएको हो ।
