Thursday, June 18News That Matters

तेस्रो वडाअध्यक्ष कपको उपाधी फ्युजन फुटवल क्लबलाई

पूर्णपुष्टि,चैत्र १० । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ५, देउरीमा श्रीपुर फुटवल क्लवद्धारा आयोजित तेस्रो वडा अध्यक्ष कप फुटवल प्रतियोगिताको उपाधी फ्युजन फुटवल क्लव बोक्लेले हात पारेको छ । बिहिवार प्रतियोगिताको फाईनल खेलमा वडा नं.१० फ्युजन फुटवल क्लवले सगरमाथा फुटबल क्लब राजाबासलाई २–१ गोलले पराजित गदैँ उपाधि चुम्न सफल भएको हो ।

देउरीको बालुवाटार खेल मैदानमा भएको फाईनल खेलमा पहिलो हाफको २४औँ मिनेटमा राजाबासको तर्पबाट जर्सि नम्बर २२का डेबिट चौधरीले पहिलो गोल गर्दै आफ्नो टिमका लागि खाता खोल्न सफल भएको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ सम्म भने फ्युजनको तर्फबाट भने कुनै पनि गोल हुन सकेन । त्यस्तै प्रतियोगिताको दोस्रो हाफको ४६औँ मिनेटको खेल चलिरहदा फ्युजनको तर्फबाट जर्सि नम्बर ४ का अनमोल राईले जवाफी गोल गर्दै खेललाई बराबरीमा बनाएको थियो । त्यस्कै ४ मिनेटको फरकमा फ्युजनको लागि जर्सि नम्बर ११का सञ्जय भुजेलले प्रहार गरेको गोलमा विपक्षीय पोसको गाली चुम्न सफल भएसँगै फ्युजन दोब्बर गोलले विजयी भएको हो । त्यस्तै प्रतियोगिताको उत्कृष्ट फर्वाड फ्युजन फुटवलका प्रबिन राई पाए भने उत्कृष्ट डिफेन्स फ्युजनकै तर्फबाट अनमोल राई प्राप्त गरेका थिए । यता उत्कृष्ट मिडफिल्डर फ्युजनका नवल घिसिङ तामाङ रहेको छन् भने उत्कृष्ट कोच फ्युजन हेम राईले पाएको हो ।

प्रतियोगिताको बिजेता बनेका फ्युजन फुटबल क्लवले नगद ४० हजार, कप, सिल्ड, मेडल र प्रमाणपत्र हाप पारेको छ भने उपविजेता बनेको सगरमाथा फुटबल क्लबलाई भने नगद २० हजार सिल्ड मेडल र प्रमाण पत्र प्रदान गरेको थियो । उक्त प्रतियोगिताको समापन समारोहमा त्रियुगा नगरपालिकाका नगर उप–प्रमुख महेश्वरी राई र वडाअध्यक्ष उद्धवसिंह थापाले संयुक्त विजेता तथा उपविजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।