Sunday, June 28News That Matters

मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

पूर्णपुष्टि,पुष २७

झापामा मोटरसाईकलकोे ठक्करबाट पैदलयात्रीलाई बृद्धाको मृत्यु भएको छ । कन्काई नगरपालिका–७ दुर्गापुरमा मोटरसाईकलले ठक्कर दिंदा दोलखाको कालिङचोक–८ बस्ने ८० बर्षीय बृद्धा खेन्द्र शिवाकोटीको मृत्यु भएको हो ।

आईतवार बेलुका साँढे ६ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ८० प ७६५ नम्बरको मोटरसाईकलले ठक्कर दिंदा शिवाकोेटी गम्भिर घाईते भएको प्रहरीले जनाएको छ ।

घाईते भएका बृद्धको बि.एण्ड.सी. अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ ।