मोटरसाईकल चोरी गरेको अभियोगमा ३ जना पक्राउ

पूर्णपुष्टि, मंसिर २१
झापामा मोटरसाईकल चोरी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । ईलाम सुर्योदय नगरपालिका–१ का २१ वर्षीय आशिष सुब्बा, सुर्योदय–८ का २१ वर्षीय विवेक घिमिरे र झापा बिर्तामोड नगरपालिका–३ बिर्ताबजार का २६ वर्षीय रंजित राजवंशी मोटरसाईकल चोरी अभियोगमा पक्राउ परेका हुन् ।
झापा जिल्लामा मोटरसाईकल चोरीको घटना बृद्धि भए पश्चात ईलाका प्रहरी कार्यालय अनारमनि झापाबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा उनीहरुको पक्राउ गरेको हो । उनीहरुको साथबाट चोरी भएको मे ६ प २५०५ नम्बरको १५० सिसिको पल्सर मोटरसाईकल र मे ११ प ९७३५ नम्बरको १५० सिसिको एफ जेड मोटरसाईकल बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: