
पूर्णपुष्टि, फागुन २९ ।
मोरङको रंगेली नगरपालिका–२ मंगलबारे स्थित विराटनगर आमबारी सडक खण्डमा मोटरसाईकल दुर्घटनाबाट एक जनाको मृत्यु र एक जना घाईते भएका छन् । मोटरसाईकल पछाडी सवार विराटनगर महानगरपालिका ५ का ४१ वर्षीय बलराम बर्तोला रहेका छन् भने चालक विराटनगरकै १६ वर्षीय कमल भन्ने कुनाल बर्तौला घाईते भएका हुन् ।
हिजो दिउसो साँढे २ बजे पुर्वबाट पश्चिम तर्फ जादैँ गरेको प्रदेश न.०१–०४–००१ प ७१६४ नंम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना भएको थियो । उक्त दुर्घटनाबाट घाईते भएका बलरामको उपचारको लागी कोशी अस्पताल पुर्याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते कुनालको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भईरहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
