Tuesday, June 2News That Matters

मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु

पूर्णपुष्टि, असोज २६ गते ।

झापाको कन्काई नगरपालिका–३ मा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ उर्लावारी–४ का ५३ बर्षीय नागेन्द्र प्रसाद कोईराला रहेका छन् ।

आज बिहान साँढे ११ बजेको समयमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको को २५ प ४६५१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका चालकको उपचारको क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।