Monday, June 1News That Matters

लागुऔषध गाँजा सहित २ जना पक्राउ

पूर्णपुष्टि, असोज २६ गते ।

धनकुटा नगरपालिका–९ चिम्सुवाबाट नियन्त्रीत लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शहिदभुमी गाउँपालिका–३ की ४९ बर्षीया बिष्णु कुमारी राई र ४३ बर्षीय उद्धिम भनिने उमेश राई रहेका छन् ।

बिशेष सुचनाको आधारमा प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले बुधवार बिहान साँढे १० बजे दुबै जनालाई ५–५ केजी लागुऔषध गाँजा सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।